Wednesday, March 4, 2009
ओखलढुंगा जिल्लाको ऐतिहासिक पृष्ठभूमि
मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तार गर्न काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए। उनले यहां राज्य चलाएका किराँतलाई लखेटे। उनको फौजसंग धान भएको र यहाँको ठूलो ढुंगाको खोपिल्टामा धान कुटे र भात खाएकोले त्यही ढुंगाको ओखलको नामले यो ठाँउको नाम ओखलढुंगा रहन गएको हो भन्ने जनश्रुति छ।
भौगोलिक अवस्था
अवस्थिति
२७ डिग्री उत्तरदेखि २७ डिग्री ३२ मिनेट उत्तर अक्षांश र ८६ डिग्री १० मिनेटदेखि ८६ डिग्री ४१ मिनेट पूर्व देशान्तरको फैलावट र समुनद्र सतहदेखि ३९० देखि ३६०६ मिटरको उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल १०७४ वर्ग किलोमिटर छ। क्षेत्रफललाई केन्द्रीय तथ्यांक विभागको आधारमा मानिएको छ।
राजनैतिकसिमाना
यसको पूर्वमा खोटाङ्ग जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखूम्वु जिल्ला र दक्षिणमा उदयपुर र सिन्धुली जिल्ला पर्दछन्।
प्रशासनिक विभाजन
ओखलढुंगा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अंचलको एउटा जिल्ला हो। यस जिल्लामा ५६ वटा गाउँ विकास समिति र ११ वटा इलाका र २ वटा निर्वाचन क्षेत्र छन्।
प्राकृतिक विभाजन
यस जिल्लालाई लेकाली क्षेत्र, मध्य पहाडी क्षेत्र र वेसी गरी ३ भागमा विभाजन गर्न सकिन्छ।
हावापानी
यस जिल्लाको अधिकांश भागमा समशितोष्ण हावापानी पाईन्छ।
सरदर वार्षिक र तापक्रम
वार्षिक वर्षा :- २००७.० मिलिलिटर (२००१-२००२ ई) छ।
वार्षिक औसत तापक्रम :- १७.९ (डिग्री सेल्सीयस (२००१ ई))
प्राकृतिक श्रोत साधन
वनजंगल
जिल्लाको कूल क्षेत्रफल ३५ प्रतिशत भूभाग (३४,४१८.७ हेक्टर) वनले ढाकिएको छ। वनजंगलमा विभिन्न किसिमका जडिवुटिहरु पाइन्छन्। जम्मा वनको क्षेत्रफल ३४,४१८.७७ हेक्टर र सामुदायिक वन १९७६९.७७ हेक्टर रहेको छ।
वन्य जन्तु र पशुपंक्षी
वन्यजन्तुमा वाघ, भालु, मृग, घोरल, चितुवा, हरिण, चित्तल, झारल, स्याल, व्वांसो, वादर, खरायो आदि पाइन्छन् भने वन्य पंक्षीमा डाफे, मुनाल, मयूर, कालिज, तित्रा, ढुकुर, काग, सराउ, मलेवा, गिद्ध, चिल, भगेरा आदि पाइन्छन्।
नदी, खोलानाला र झरनाहरु
पूर्वमा दुधकोशी, पश्चिममा लिखू(हिमगंगा) र दक्षिणमा सुनकोशीले सिमा निर्धारण गर्दछन्। मोलुङखोला मध्यभाग भएर वहन्छ। अन्य खोला नालामा ठोट्न खार्ते, पोक्तिङ, एलुङ, सेप्ली, पोकली, चोक्टीमंगला, साल्पू, डुडे, जुगे, लिपे, ढाडखोला, पाताले आदि पर्दछन्। खोलाहरुले वनाएका झरनाहरुमा १३१ मीटर अग्लो २ हिस्सा भएको पोक्ली र अन्य झरनाहरुमा सेप्ली, सेर्ना, ढिकुरे, सेलेले आदि पर्दछन्।
खनिज पदार्थ
जन्तरखानी, विलन्दु, शेर्ना, गौरीवन, ढुंग्रेमा तामा र फलाम खानी भएको अनुमान छ। खिजि, रगनी, पोकली आदि ठाँउहरुमा खरिढुंगा र स्लेट प्रशस्त मात्रामा पाइन्छन्।
Subscribe to:
Post Comments (Atom)
dherai barsa pahila bilandu ga. bi. sha ma tama khani nikaliya ko thiyo re ra ahile pani tiha bata nikaliya ko tama ko vada haru chha dei chhan anuman matra haina
ReplyDeletedherai barsa pahila bilandu ga. bi. sha ma tama khani nikaliya ko thiyo re ra ahile pani tiha bata nikaliya ko tama ko vada haru chha dei chhan anuman matra haina
ReplyDeletefulbari 1 dada gaun durga raj karki raj98400@yahoo.com