यसरी बिते प्रचण्डका साढे तीन घन्टा
| ||||||
|
2008-11-09,Sunday
(यो नयाँ पत्रीका बाट सावर गरिएको आलेख हो। )
मध्याह्नको टन्टलापुर घाम । ओखलढुंगा महोत्सव । कतिखेर प्रधानमन्त्री प्रचण्ड आउलान् भनेर पर्खिरहेको छ, पन्ध्र सयभन्दा ठूलो जमातले पोकली झरनामा । लगभग साढे बारतिर ओखलढुंगास्थित पोकलीको शिरमा हेलिकोप्टरले एक फन्का लगायो । पहाडको तीन चक्कर लाएपछि लेती निमाविको प्रांगणमा हेलिकोप्टरले भुइँ टेक्यो । एकछिनपछि कालो भादगाउँले टोपी र कालै कोटपाइन्टमा सजिएका प्रधानमन्त्री मुसुमुसु हाँस्दै तल ओर्लिए । धक्कमधक्का गर्दै दोलखा, रामेछाप र ओखलढुंगाका स्थानीयहरूले उनलाई गुजुप्प घेरे । कस्ता छन् प्रचण्ड ? भीड व्यवस्थित पार्न तयार पारिएको स्वयंसेवक दस्ता पनि प्रचण्डलाई छुन तँछाडमछाड गरिरहेका थिए । पोकली झरना महोत्सवको उद्घाटन गर्न आएका प्रचण्ड हप्प गर्मीमा भीडले घेरिए ।
'मीठो रहेछ,’ सुरुप्प एक घुट्को दही निलेर उनी अगाडि बढे । पछि थाहा भो, कुनै फ्यानले प्रचण्डले आधा पिएर बाँकी छोडेको दही किनेर लगेछन् । |
सभासद् ढुंगेल प्रचण्डकै जस्तै जुँघा, कपाल र हाउभाउमा प्रशन्न देखिन्थे । फूलका माला पनि प्रचण्डकैझैं गलाभरि थिए । उनले दक्षिणतर्फ देखाउँदै भने, 'यो डाँडापारि छ, बढीमा दसै मिनेट लाग्ला ।' अनुहारभरि पसिना भरिएका प्रधानमन्त्रीले पनि उत्तर फर्काइहाले, 'ठीकै छ नि उकाली-ओराली त पहिले (युद्धकालमा) पनि गरेकै हो ।'
हुन त, उनको यात्राका लागि खैरो रङका बलिष्ठ दुई घोडा तयार थिए । स्थानीय बासिन्दासँग गफ गर्दै हिँड्दा प्रचण्डलाई कुरिरहेका घोडा पछि छुटे । प्रचण्ड अगाडि पुगे ।
एकजना ७० वर्षे झुस्स दाह्री, मैलिएको टाटेपाटे ढाका टोपीमा सजिएका दुब्लोकायाका वृद्ध भीड अगाडि आइपुगे । उनले दुई हात जोड्दै ती वृद्धलाई सोधे, 'सन्चै हुनुहुन्छ ?'
'बेसै छ ।' ती वृद्ध अँगालो मार्दै मुस्कुराए । प्रचण्डले पनि वृद्धलाई धाप दिए । अंगरक्षकले स्नेहसहित ती वृद्धलाई भीडमा छाडिदिए । अपरिचत वृद्धको यो अँगालोले प्रचण्डको अनुहारमा उज्यालो फैलिएको थियो । मुस्कुराउँदै उनी अगाडि बढे ।
हात हल्लाउँदै माथिल्लो लेतीबाट पोकलीतर्फ बढिरहँदा प्रचण्डले स्कुलतिर इसारा गर्दै उनले सभासद् ढुंगेललाई सोधेका थिए, 'कति कक्षासम्म पढाइहुन्छ यो स्कुलमा ?' जीर्ण छाना । आठ-नौ कोठाको स्कुल शान्त नै थियो । महोत्सवका लागि विद्यालय बन्द थियो । प्रायः विद्यार्थी पहेंलो टोपीमा सजिएका स्वयंसेवक बनेका थिए । जो प्रचण्डको स्वागतमा ताली बजाइरहेका थिए ।
'पाँचसम्म पढाइ हुन्छ,' सेना र प्रहरीको सुरक्षा घेराभित्र प्रधानमन्त्रीसँगै रहेका एकजनाले आयोजकले जानकारी दिए, '२००३ मा स्थापना भए पनि यो मावि हुन सकेन ।' प्रचण्डले स्वाभाविक रूपमा मुन्टो हल्लाए । आफूलाई संवेदनशील बताउने उनको अनुहार अँध्यारो थियो ।
प्रचण्ड पहिलोपल्ट ओखलढुंगा पुगेका थिए । र, पहिलोपल्ट लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई नजिकबाट नियाल्न तीन जिल्लाका बासिन्दा एकाबिहानैदेखि फूलमाल लिएर स्वागतमा उभिएका थिए । तिनै मालाले प्रचण्डको गर्दन भरिएको थियो । मालामाथि माला यति थपिए कि औपचारिक कार्यक्रमको मञ्चमा पुग्दा उनको भादगाउँले टोपी मात्र देखिन्थ्यो ।
धनुषवाण बोकेका शेर्पा, सुनुवार, आमा समूहलगायतको झाँकी केहीबेर मुस्कुराउँदै हेरेपछि उनले पर्यटन मन्त्री हिसिला यमीसँग कानेखुसी गरेका थिए । अनि, उनले कानेखुसी गर्न संस्कृति मन्त्री गोपाल किराँतीतिर टाउको ढल्काए । पण्डितहरूले वेदका मन्त्र उच्चारण गर्दा साविकझैं टाउको हल्लाउँदै उनले मन्त्री यमीसँग खै के भनेर फेरि साउती गरे । कार्यक्रमभरि प्रचण्ड अधैर्य देखिन्थे । उनका हातका औंला एकआपसमा जेलिन्थे । आयोजकको उपहार ढाका टोपी ग्रहण गर्न उनले कालो ढाका टोपी फुकाले । र, एकछिन् दुवै हत्केलाले निधारको कपाल पछाडि धकेले र मिलाए ।
अब पालो मन्तव्यको । जुरुक्क उठे । भीडलाई नियाले । उनले एकछिन्को राजनीतिक भाषणपछि भने, 'मेरो प्यारो ओखलढुंगा मैले स्कुल छँदै पढेको थिएँ । जाँच दिएको थिएँ । त्यसो भएकाले यस क्षेत्रप्रति विशेष स्नेह र माया छ ।'
औपचारिक कार्यक्रम सिद्धियो । आयोजकको पछि लागेर उनी उक्लिए कान्लामाथिको स्टलस्थलमा । बाँसबाट बनेको डोको-डालो भएको स्टलमा पुगेर रोकिएका प्रचण्डले सोधे, 'यहीँबाट पुग्छ है यो काठमाडौंमा ?'
उनीसँगैका आयोजकले सबै यहाँबाट नजाने जानकारी गराए ।
'साह्रै राम्रो बुन्नुहुँदो रहेछ' भन्दै स्टल रुँगिरहेका एकजना स्थानीयसँग प्रचण्डले सोधे, 'बाँस कहाँबाट ल्याउनुहुन्छ ?'
प्रधानमन्त्रीसँग दोहोरो संवाद गर्न पाएका उनले हर्षमिश्रति स्वरमा सुनाए, 'आफ्नै बारीको हो ।'
त्यसपछि बढे प्रचण्ड जडिबुटी भएको स्टलतिर । आयोजकले उनलाईर् ओखलढुंगामा महँगो र विरलै पाइने जडिबुटी देखाए । र, भने, 'जडिबुटी प्रशोधनका लागि यहीँ प्रयोगशाला भइदिएको भए । हाम्रो आयआर्जन बढ्ने थियो ।'
उनले मस्कुराउँदै फेरि मुन्टो हल्लाए ।
अब पालो हेन्डी क्राफ्ट स्टलको । केही नबोली करिब २० सेकेन्ड त्यो स्टलमा घोरिएका उनले अंगरक्षकसँग उनीको रुमाल किन्न भने र अझ अघि बढे । दहीको स्टलमा पुगेर प्रचण्ड रोकिएपछि स्टल रुग्न बसेकी महिलाले एक गिलास दही प्रचण्डलाई दिइन् ।
'यो यहीँको उत्पादन हो,' दही लिन हात बढाउँदै गर्दा आयोजक समूहका एकजनाले भने, 'यहाँ बजार नभएकाले दूध-दही बिक्री हुँदैन ।'
आयोजकको कुरा चुपचाप सुनिरहेका प्रचण्डले गिलासको दही चाखे र भने, 'मीठो रहेछ ।'
सुरुप्प एक घुट्को दही निलेर उनी अगाडि बढे ।
पछि थाहा भो, कुनै फ्यानले प्रचण्डले आधा पिएर बाँकी छोडेको दही किनेर लगेछन् ।
६२ स्टल घुमेर केही थकित देखिएका प्रचण्ड फेरि भीडमा घेरिए । भीडले उनलाई छुन चाहन्थ्यो । नजिकबाट हेर्न चाहन्थ्यो ।
स्वयंसेवक र सुरक्षाकर्मीको गोल घेराभित्र सबैलाई हात हल्लाउँदै प्रचण्ड उक्लिए, माथिल्लो लेतीतिर । जहाँ, उनलाई हेलिकोप्टरले पर्खिरहेको थियो । डाँडैडाँडा छेलिँदै हेलिकोप्टर काठमान्डूतिर बत्तियो ।
सुदर्शन सापकोटा
darshan.sapkota@yahoo.कॉम
Total Comments= 16 |
|
|
thanks for u mr sapkota.
ReplyDeletepurushottam paudel
tarkerabari-7,
okhaldhunga
prachanda ko barema ali badhai chhadai bhaye jasto lago ki kaso....? yo ta ati nai bhayo.
ReplyDeletepurushottam paudel
tarkerabari,7
okhaldhunga